काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आज जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ ।”
कांग्रेसले आफ्नो सिद्धान्त र एजेण्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेण्डा बोकेर कम्युनिष्टले दुई तिहाइ नजिकको मत ल्याएको नेता पौडेलले जिकिर गर्नुभयो ।
“गम्भीर समीक्षा गर्नुपर्छ, हामीले हाम्रो सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौँ र ठीकसँग जनतालाई बुझाउन पनि सकेनौँ, त्यसले हामी गुपचुमा बस्नु हुँदैन्”, नेता पौडेलले भन्नुभयो । उहाँले कांग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै किसानको पार्टी र श्रमिकको साथि कांग्रेस नै भएको ठोकुवा गर्नुभयो ।
कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको नेता पौडेलको भनाइ थियो । “कांग्रेसले समयमै ढुलमुल नगरेको भए सङ्घीयसँगै वाग्मती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो तर त्यो अवसर फुत्कियो”, नेता पौडेलले भन्नुभयो ।
कांग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको बताउँदै उहाँले पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०१ चैत्र २०७७, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति