कोभिड–१९ सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या शून्य

रासस

आइतबार, ०१ चैत्र २०७७, १२ : २०
कोभिड–१९ सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या शून्य

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो ।   
 
गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा  थप कोरोना सङ्क्रमण देखिएको छ ।   

उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७  नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७  सङ्क्रमण मुक्त भएका छन् । कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।     


समितिका संयोजक डा सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे । उनले केही अपवादबाहेक खोप प्रयोगबाट  गम्भीर समस्या नदेखिएकाले  खोप लगाउन आह्वान समेत गरे ।  
 

प्रतिक्रिया दिनुहोस