अमेरिकामा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघ्यो

एजेन्सी

आइतबार, ०१ चैत्र २०७७, ११ : ५८
अमेरिकामा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघ्यो

काठमाण्डौ । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघेको छ । वल्ड्रोमिटरकाअनुसार अहिलेसम्म अमेरिकामा ३ करोड ४३ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

विश्वमा कारोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ५ लाख ४६ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, २ करोड २१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

११ हजार ३ सयभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकामा कोरोनाका कारण जनजीविकामा नै समस्या परेकाहरुका लागि बाइडेन प्रशासनले १९ खर्बको राहत प्याकेज ल्याएको छ । यस्तै अमेरिकापछि ब्राजिल सबैभन्दा धेरै प्रभावित छ ।

ब्राजिलमा एक करोड १४ लाखभन्दा धेरै मानिसलाई सङ्क्रमण भएको छ भने दुई लाख ७७ हजारभन्दा  धेरैको ज्यान गएको छ । यस्तै, सबैभन्दा धेरै प्रभावित भएका देशको तेस्रो स्थानमा रहेको भारतमा एक करोड १३ लाखभन्दा धेरै सङ्क्रमित छन् ।

त्यहाँ अहिलेसम्म डेढ लाखभन्दा धेरैको कोरोनाका कारण ज्यान गएको छ । 

प्रतिक्रिया दिनुहोस