कुमातामाथि लघुकथा समाजको विमर्श

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, १४ : ४३
कुमातामाथि लघुकथा समाजको विमर्श

काठमाडौँ । पत्रकार एवं कथाकार वसन्त पराजुलीको  कथासङ्ग्रह ‘कुमाता’ को विमर्श कार्यक्रम शनिवार काठमाण्डौमा सम्पन्न भएको छ । लघुकथा समाजको आयोजनामा विर्मश कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथा साहित्यको क्षेत्रमा कुमाताले फरक धार अंगालेको स्पष्ट पार्दै कथाहरु नारी प्रधान रहेको बताए । समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथाको विषय वस्तुहरु समसामयिक र हाम्रै समाज वरिपरिका रहेकाले पाठकहरुले रुचाएको बताए । 

“लेखकको पहिलो कृति भएकाले केही त्रुटि अवश्य नै छन्”, उनले भने, “प्रस्तुतीको शैलीलाई आगामी सिर्जनाहरुमा ख्याल गर्न लेखकलाई सुझाव दिन्छु ।” 

उपप्राध्यापक ज्ञानु अधिकारीले कुमातामा राम्रा कथाहरु समावेश भएको बताउँदै शीर्षकले नकारात्मक अर्थ दिए पनि कथाहरुमा समेटिएको विषयवस्तुले नारी अस्मिताकै पक्षमा बोलेको बताइन् । 

लेखक पराजुलीले नारी संवेदनमा केन्द्रित भएर कथाहरु लेखिएको बताए । भुँडी पुराण प्रकाशन प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले पुस्तकको तेस्रो संस्करण प्रकाशनको  प्रकृया शुरु भएको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस