कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज खोप लगाइँदै

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, १० : ५८
कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज खोप लगाइँदै

काठमाडौं । यही फागुन १९, २० र २१ गतेका दिन कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज खोप लगाइँदैछ । विभिन्न कारणले उक्त दिनमा छुटेकाहरुलाई आज खोप लगाउन लागिएको संसद सचिवालयले जानकारी दिएको छ ।

खोप आज शनिबार १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।

आज अघिल्लो पटक छुटेका सांसदसहित संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई खोप लगाइने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस