काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहन ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्न लागेको हो । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो राजनीति घटनाक्रम र भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिने जानकारी दिए ।
आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताको बारेमा पनि आवश्यक निर्णय लिने बताइएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकलौटी केन्द्रीय कमिटी बैठक बसेर माओवादी केन्द्रका नेताहरूलाई एमालेको केन्द्रीय सदस्य नियुक्त गर्दै जिम्मेवारी दिइसकेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए ।
तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै निर्णयमा पुगिसेकेको छैन । यसबारे पनि निर्णय लिन सकिने एक नेताले बताए ।सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किएको माओवादी केन्द्रले भोलि आइतबार पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यस्तै सोमबार राष्ट्रिय भेलाको आयोजना गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु