मकवानपुर । पुर्व पश्चिम लोकमार्गको मकवानपुर मनहरी–६ स्थित सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । उक्त दुर्घटना हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना.६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त हुँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ ।
बस चालक थापा र कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बस र ट्रकमा यात्रारत १० जना यात्रुको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु