काठमाडौँ । सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा एमालेमा अन्तरसंघर्ष भीषण रुपमा चर्किएको छ । पहिलो औपचारिक बैठक नै नबसी अन्तरसंघर्ष चर्किएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय सदस्य मनोनयन गर्नेदेखि महाधिवेसनको मितिसम्म घोषणा गरेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् । माधव नेपाल पक्षलाई थाहा नै नदिई ओलीले माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए। माधव नेपाललाई ओलीले हटाइदिएका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ। बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।
ओलीले एकलौटी ढंगले चलेपछि माधव नेपाल समूहको केही प्रतिक्रिया आएको छैन । माधव नेपाल पक्षका एक नेताले भने, ‘बालुवाटारमा केके बैठक भयो, कसलाई के बनाइयो यो विषयमा हामीलाई थाहा छैन ।’ प्रधानमन्त्री ओली विधान नै मिचेर एकपक्षीय ढंगले अघि बढेको आरोप माधव नेपाल पक्षले लगाएका छन् । ‘हेर्दै जान्छौँ, कुन बेला के गर्नुपर्छ, हामीलाई राम्रोसँग थाहा छ’ माधव नेपाल पक्षका एक नेताले भने ।’ माधव नेपालसहितका नेताहरुलाई आत्मआलोचना गरी फर्केर आएमा उचित स्थान दिने ओली पक्षका एक नेताले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली