पुस्तक मेरो सहयात्री : राजेश हमाल

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १७ : ३४
पुस्तक मेरो सहयात्री : राजेश हमाल

तस्बिर : सूर्यप्रकाश कँडेल

गैँडाकोट । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले पुस्तक आफ्नो जीवनको सहयात्री भएको बताएका छन् ।

गैँडाकोट १२ हर्कपुरमा रहेको उन्नति साँस्कृति गाउँमा शुक्रबारदेखि सुरु भएको घुम्ती साहित्य महोत्सवमा पुस्तकबारे बोल्दै महानायक हमालले यस्तो बताएका हुन् ।

‘कुनै पुस्तक मेरो जीवनभर स्थायी रहने साथी बनेनन्’ उनले भने, ‘मेरो जीवनको कुनै कालखण्डको सहयात्री बने पुस्तक ।’ पछिल्लो समय पुस्तकका लागि सामाजिक सञ्जाल चुनौतीका रुपमा उभिएको हमालको भनाइ थियो ।

उन्नति साँस्कृतिक गाउँको सहकार्यमा पुस्तक प्रकाशन संस्था फाइन प्रिन्टले फाइन प्रिन्ट फिबर नामक घुम्ती साहित्य महोत्सव आयोजना गरेको हो । महोत्सव शनिबार सकिने छ ।

प्रतिक्रिया दिनुहोस