लोकतन्त्र विरोधीसँग कुनै पनि हालतमा सरकारमा सहकार्य हुन सक्दैन : उपेन्द्र यादव

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १६ : २०
लोकतन्त्र विरोधीसँग कुनै पनि हालतमा सरकारमा सहकार्य हुन सक्दैन : उपेन्द्र यादव

file photo

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले सत्ताका लागि लोकतन्त्रविरोधीसँग कुनै पनि हालतमा सरकारमा सहकार्य हुन नसक्ने बताएका छन् । 

शुक्रबार संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र विरुद्ध कदम चालेको, संसदको हत्या गरेको भन्दै यादवले सर्वोच्च अदालतबाट ओलीका असंवैधानिक तथा अलोकतान्त्रिक कदम परास्त भएको अवस्थामा फेरि उनैसँग सहकार्य गर्नका लागि आफ्नो पार्टी तयार नहुने प्रस्ट पारे ।

 

उनले जसपा नेपालले गठन गरेको कार्यदललाई रेशम चौधरीको रिहाइका लागि आवश्यक छलफल गर्ने जिम्मेवारी दिइएको प्रस्ट पार्दै उनले उक्त कार्यदलले सत्ता गठबन्धनका बारेमा कुनै प्रकारको छलफल नगर्ने बताए ।

‘हामीले सांसद रेशम चौधरीको रिहाइका लागि मात्र कार्यदल बनाएका हौं, सरकारका लागि होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस