माओवादी केन्द्रद्धारा केन्द्रीय समितिको विस्तारित बैठक आह्वान

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १५ : ५२
माओवादी केन्द्रद्धारा  केन्द्रीय समितिको विस्तारित बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आह्वान गरेको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

उनका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सांगठनिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस