काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा)ले आज संसदिय दलको नेता चयन गर्ने भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज संसदीय दलको बैठक बसेर नेता चयन गर्न लागेको हो ।
पार्टी कार्यालय ग्वार्कोमा आज दिउँसो एक बजे बस्ने बैठकले संसदीय दलको नेता टुंगो लगाउने भएको हो । सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाका शीर्ष नेताहरूले आज नेकपा एमालेसँग सत्ता समीकरणका लागि वार्ता गर्दैछ ।
मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा सरकार सकारात्मक भएपछि आज पनि वार्ता बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल