‘माओवादी केन्द्र’ ले पार्टीको नाम फेर्ने !

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, ०८ : ०६
‘माओवादी केन्द्र’ ले पार्टीको नाम फेर्ने !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम फेर्नेे आन्तरिक तयारी थालेको छ । तीन वर्ष यता एमालेसँग एकता गरेर माओवादी नाम छोडिसकेकोले अब फेरि अदालतले पूर्व पार्टी नै ब्ँयूताईदिँएपछि माओवादी केन्द्रकै नाममा जाने भन्दा नयाँ नाम लिएर जनताका बीचमा जानु हितकर हुने ठानेर माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी आन्तरिक रुपमा गरेको हो ।

पार्टीको नाम फेर्ने विषयमा स्थायी समिति बैठकमा छलफल शुरु भईसकेको छ । केन्द्रीय समितिले विधान संसोधन गरेर मात्र नाम फेर्न सक्ने भएकाले यस सम्बन्धमा केन्द्रीय समितिमै प्रस्ताव लिएर जाने र त्यहाँ छलफलबाट निर्णयमा पुगिने नेताहरुले बताएका छन् । ‘पार्टीको नाम फेर्ने की भन्ने आन्तरिक रुपमा स्थायी समिति बैठकमा छलफलका क्रममा सुझाव आएका छन्, तर यो विषयमा पार्टी केन्द्रीय समिति बैठकमा छलफल गरेर निर्णयमा पुग्ने तयारी छ,’ नेता नारायणकाजी श्रेष्ठले भने ।

नाम फेर्दा नेपाली कम्युनिष्ट पार्टी, एकीकृत नेपाल कम्युनिष्ट पार्टी या अरु केही नाम राखेर जाने भन्ने विषयमा पनि छलफल माओवादी केन्द्रको स्थायी समिति बैठकमा छलफल चलेको छ । नाम फेर्ने विषयमा अध्यक्ष प्रचण्ड लगायतका स्थायी समिति सदस्यहरु करिव सहमति नजिक पुगिसकेका छन् । १ चैतमा माओवादी केन्द्रले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय समितिको बैठक लगत्तै भोलिपल्टै २ चैतमा काठमाडौंमै कार्यकर्ता भेला पनि माओवादी केन्द्रको स्थायी समिति बैठकले बोलाईसकेको छ । 

तत्कालिन नेकपा (माओवादी) का नाममा १० वर्षे जनयुद्धको नेतृत्व गरेर आएको यो पार्टीकै योगदान, त्याग र बलिदानका कारण देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता एजेण्डा कार्यान्वयनमा आएका छन् । यतिविघ्न परिवर्तन ल्याउन अहंम भूमिका खेलेको यो पार्टीले त्यसपछि बेलाबखत अन्य कम्युनिष्ट पार्टीहरु बीचको एकतालाई पनि जोड दिदै एकता र धुव्रिकरणको काम गर्दै आएको छ ।

नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने अभियानका क्रममा तीन वर्ष अगाडी एमालेसँग एकतापछि नेकपा बनाएको थियो । तर एकताको तीन वर्षमै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको निरंकुश र स्वेच्छाचारिताका कारण एकता नै टुटेको छ । नेकपाको विभाजनमा आधिकारिकताको लडाई चलिरहदा सर्वाेच्च अदालतले ऋषि कट्टेलको नाममा भएको पार्टी निर्णय मात्र गरेनन्, माग दाबी भन्दा अगाडी बढेर नेकपाको एकतालाई पनि बदर गर्ने सम्मको निर्णय सुनाईदियो ।

त्यसपछि भने एमाले एमालेतिर  र माओवादीका केही अवसरवादी नेताहरु बाहेक माओवादी अर्काेतिर उभिने अवस्था आयो । त्यसपछि भने माओवादी केन्द्रले तीन वर्ष अगाडी नै फेरिसकेको नाममा भन्दा अर्काे नयाँ नाममा रहेर राजनीति गर्ने करिब निश्र्कषमा पुगेको हो । कम्युनिष्ट पार्टी भित्रका सबै पक्षलाई समेटने गरी सबैका लागि साझा हुने गरी नाम फेर्ने प्रस्तावमा माओवादी केन्द्रले आन्तरिक छलफल थालेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस