फुङलिङ । फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।
घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट रु ८० हजार, रु ३० हजार बराबरको अन्नपात र लत्ताकपडालगायत सामान र करीब रु एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २७ फागुन २०७७, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि