हाम्रो एजेण्डा जुन छ, त्यो पुरा भएपछि मात्रै हामी सत्ता समिकरण बारे सोचौँला : महन्थ ठाकुर

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १६ : ५०
हाम्रो एजेण्डा जुन छ, त्यो पुरा भएपछि मात्रै हामी सत्ता समिकरण बारे सोचौँला : महन्थ ठाकुर

file Photo

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुले उठाएको एजेण्डा पुरा भएपछि मात्रै सत्ता समिकरण बारे छलफल गर्ने बताएका छन् । 

बिहीबार जसपा, नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफुहरुका नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पुरा भएमात्रै सत्ता समिकरणको विषयमा छलफल गर्ने बताएका हुन् ।

अध्यक्ष ठाकुरले बिहीबार साँझ साढे पाँच बजे ठाकुर लगायत नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईले यस विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेको पनि जानकारी दिए । उनले भने, ‘५ जना साढे पाँच बजे प्रधानमन्त्रीसँग भेट्न गइरहेका छौँ । यसमा हाम्रो एजेण्डा यो छ की, साथीहरु, सांसदहरु जो जेलमा छ । प्रदेशका मन्त्रीहरु माथि मुद्धा छ । जेलमा छन् मानिसहरु, उनीहरुको रिहाइको विषयमा । मुद्धा फिर्ताको विषयमा कुरा गर्ने । सत्ता समिकरणको विषयमा हामीले केही कुरा गर्ने होइन । हाम्रो एजेण्डा जुन छ एजेण्डा पुरा भएपछि मात्रै हामी सत्ता समिकरण बारे सोचौँला ।’

अध्यक्ष ठाकुरले यस विषयमा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए । उनले जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने पनि बताए ।  

प्रतिक्रिया दिनुहोस