अमेरिकी राजदुत बेरीले शिवरात्रीमा दिए शुभकामना सन्देश

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : २७
अमेरिकी राजदुत बेरीले शिवरात्रीमा दिए शुभकामना सन्देश

काठमाडौँ । नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डि बेरीले हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिको शुभकामना दिएका छन् । राजदुत बेरीले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै शिवरात्रिको शुभकामना दिएका हुन् ।

उनले नेपालमा ६ वटा शिवरात्रिको अनुभव गर्ने अवसर पाएको बताएका छन् ।‘ उनले सामाजिक संजालमा उल्लेख गरेका छन्–‘महाशिवरात्रीको शुभकामना । मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिँ १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस् ।’

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस