पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाई समेट्दै अगाडि बढ्छ : ईश्‍वर पोखरेल

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १० : ४७
पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाई समेट्दै अगाडि बढ्छ : ईश्‍वर पोखरेल

वीरगन्ज । उपप्रधानमन्त्री एंव नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाई समेट्दै अगाडि बढ्ने बताएका छन् ।
वीरगन्जमा बिहीबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

उनले संसद स्वभाविक प्रकृया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने समेत बताएका छन् । ‘संसद स्वभाविक प्रकृया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन छ,’ उनले भने ।

उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेको र त्यही अनुसार अब अगाडि बढ्ने बताए। उनले  माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरुलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने पनि बताए।
 
अब सरकार र एमालेको पार्टीको एउटै उदेश्य मुलुकमा राजनीतिक स्थायीत्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले बताए। पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाई समेट्दै अगाडि बढ्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस