बुटवल । बुटवल–८ मिलनचोकमा रहेको फूडल्याण्डमा आगलागी भएको छ । बुटवले सेन्टरमा पर्ने फूडल्याडमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रराम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा,सैनामैना, सुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग १ घण्टामा आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । उनले विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बताए ।
मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फूडल्याण्डको मूख्यसडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोको लम्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो ।
रेष्टुरेण्ट शाखाको माथिल्लो तल जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फूडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ फागुन २०७७, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि