संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई विवादमा तानिदै : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १४ : ४७
संकिर्ण स्वार्थका लागि  नेपाली सेनालाई विवादमा तानिदै : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे ।

कानून उलंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रविादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क गरे ।उनले  सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भईरहेको दाबी गरे ।

विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

तुलनात्मक रुपमा विश्वमा शान्तिको स्थिति भएपनि ठूलो सानो सबै राष्ट्रले अनुचित ढंगले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरुको राष्ट्रिय हितको कहीँ कतै उल्ंघन हुन्छ कि भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए ।

नेपाल सरकार सधै शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको स्पष्ट पारे ।

राष्ट्रिय र प्राकृतिक विपतको समयमा नेपाली सेनाले नै अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे  सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताए ।

नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्वपुर्ण योगदान र गौरवपुर्ण इतिहास रहेको तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएको भन्दै  नेपाली सेनाको प्रसंसा गरे ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपुर्ण राजनीतिको मुलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल राष्ट्रिय एकताको शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताए ।

उनले  सम्मृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधानहरु ह्टेकाले अब नेपाल सजिलै सम्मृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस