प्रतिनिधिसभा बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १३ : २९
प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा  बैठक सुरु भएको हो । फागुन २३ गते तत्कालीन नेकपाको एक पक्षद्वारा बहिस्कार र काँग्रेसको अवरोधपछि स्थगित भएको बैठक आज बसेको हो । 

आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ भने विवादास्पद अध्यादेशको कार्यसूची हटाइएको छ । अध्यादेशकै विषयमा असहमति जनाउँदै २३ गतेको प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस