विदेश यात्राका लागि खोपलाई अनिवार्य गर्न नहुने

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १५ : ३५
विदेश यात्राका लागि खोपलाई अनिवार्य गर्न नहुने

सांकेतिक तस्वीर

काठमाडौँ । विश्व स्वास्थ्य संगठनल (डब्लुएचओ) का अधिकारी डा. माइकल रियानले विदेश यात्राका लागि खोपलाई अनिवार्य गर्न नहुने बताएका छन् ।

संगठनका एक  सबै देशमा खोप पुगिनसकेको र समान रुपमा वितरण समेत नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रामा खोपलाई अनिवार्य गर्न नहुने उनको भनाइ छ । 

कुन खोपले कति समयसम्म काम गर्छ भन्ने विषयमा पुष्टि नभइसकेको र अध्ययनको क्रममा रहेको डा. रियानले बताए । यस्तो अवस्थामा खोप लगाएको व्यक्तिलाई सुरक्षित मान्ने वा नमान्ने भन्ने प्रश्न उब्जिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस