काठमाडौं । निरन्तर उच्च दरमा बढ्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य मंगलवार ९ दशमलव ९२ प्रतिशत बढेको छ । यो समाचार तयार पार्दाको समय सम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६ ले बढेर रू. ७३१ पुगेको हो ।
त्यस्तै आइतवार १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्य मंगलवार पनि ९ दशमलव ८८ प्रतिशत बढेको छ ।
उक्त कम्पनीको प्रतिशेयर रू. ३२ ले शेयरमूल्य बढेर रू. ३५६ पुगेको हो । यसदिन दुबै कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, ११ : ३६
लेखकबाट थप