दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको घोषणा

रासस

सोमबार, २४ फागुन २०७७, २० : ३७
दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको घोषणा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने हुनुभएको छ । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गर्नुभएको छ । 

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त हुनुभएको हो । उहाँले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गर्नुभएको छ । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ ।

प्रमुख आयुक्त राईले गर्नुभएको उक्त स्वघोषणाको गरी दिनुभएको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस