थपिए ८९ जना संक्रमित, ४२ जना निको, एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, १६ : ५६
थपिए ८९ जना संक्रमित, ४२ जना निको, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ८९ जना सङ्क्रमित थपिएका छन् । चार हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको बताए ।

पछिल्लो चौबीस घण्टामा ४२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ९२७ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ९७ हजार २३५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५५ जना क्वारेन्टिनमा छन् । केही दिनदेखि कसैको पनि मृत्यु नभए पनि पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस