महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ: नेता भण्डारी

रासस

सोमबार, २४ फागुन २०७७, १३ : १५
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ: नेता भण्डारी

चितवन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त कोल्याप्स हुने बताएका छन्  । पत्रकारसँग आज  कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए । 
     
उनले  महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए । उनले भने , “नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।”  फरक प्रसङ्गमा उनले  प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिए । 

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको  भनाइ थियो । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उनले  अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस