राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको राष्ट्रिय भेला शनिबार

रासस

सोमबार, २४ फागुन २०७७, १२ : २४
राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको राष्ट्रिय भेला शनिबार

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ आबद्ध उद्योगी तथा व्यवसायीको राष्ट्रिय भेला आउँदो शनिबार राजधानीमा हुने भएको छ ।

‘समृद्ध नेपालको आधार राष्ट्रिय पूँजीको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको भेलामा देशभरका उद्योगी व्यवसायीको सहभागिता हुनेछ  । 

भेलालाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दाहाल –नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने महासङ्घका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक श्रीबल्लभ नेपालले जानकारी दिए ।

भेलामा उद्योगी व्यवसायीका हकहतिका विषयमा छलफल हुने र निष्कर्ष सरकारलाई हस्तान्तरण गरिने उनले बताए । भेलाले महासङ्घको घटक सङ्गठनको गठन र केन्द्रीय तथा कार्यालय सदस्य पनि थप गर्नेछ । 

प्रतिक्रिया दिनुहोस