प्रचण्ड माधव समुहको स्थायी कमिटिको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, ०९ : २८
प्रचण्ड माधव समुहको स्थायी कमिटिको बैठक बस्दै

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक आज (सोमबार) बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरणअघिका एमाले र माओवादी केन्द्रलाई ब्युँताउने आदेश दिएको छ । सर्वोच्चले ऋषि कट्टेल नेतृत्वको नेकपालाई  आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण संकटमा परेको छ।

प्रतिक्रिया दिनुहोस