प्रचण्ड - माधव पक्षले बोलायो स्थायी समिति बैठक

रासस

आइतबार, २३ फागुन २०७७, २० : ३४
प्रचण्ड - माधव पक्षले बोलायो स्थायी समिति बैठक

काठमाडौं । साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको वैधानिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै पुगेपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको नेता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस