काठमाडौं । हिमालय क्षेत्रमा गरिएका पछिल्ला अध्ययन, अनुसन्धान एवं प्रयोग बारे जानकारी दिन तथा प्राप्त ज्ञानको आदानप्रदान गर्न आजदेखि अन्तरराष्ट्रिय सम्मेलन शुरुआत भएको छ ।
नेपाल भौगर्भिक समाजद्वारा आयोजित सो दशौै सम्मेलनको नारा ‘दिगो विकास र समृद्धिको लागि भू–विज्ञान’ भन्ने रहेको छ । सम्मेलनको शुभारम्भ समारोहमा सरोकारवाला व्यक्तिले यस प्रकारका सम्मेलनबाट यस क्षेत्रमा गरिने विकास निर्माणका कार्यमा भूगर्भ विज्ञानको उपयोग, राष्ट्रको समृद्धिका लागि खानी तथा खनिजको दिगो सदुपयोगमा जोड दिनुपर्ने बताए।
साथै उनीहरुले प्राकृतिक प्रकोप घटाउने, वातावरण विनाश रोकथाम, जलवायु परिवर्तन तथा भूकम्पीय प्रकोपका असर कम गर्ने सन्दर्भमा समेत सम्मलेनका निष्कर्षले मार्ग निर्देशन हुनेमा जोड दिए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकको समृद्धिका लागि मात्र नभई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागिसमेत भौगर्भिक ज्ञान र अनुभवको अपरिहार्यता रहेकामा जोड दिए ।
उनले वर्षेनी प्राकृतिक विपद् भोग्नुपर्ने नेपाल जस्तो भौगोलिक अवस्था रहेका मुलुकका लागि भौगर्भिक क्षेत्रका नवीतनम् अनुभव महत्व अपरिहार्य भए पनि यस क्षेत्रले आवश्यकताअनुसार प्राथमिकता पर्न नसकेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ फागुन २०७७, १६ : १९
लेखकबाट थप