नेकपा संसदीय दलमा प्रचण्ड–नेपाल समूहको बहुमत

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १४ : ५७
नेकपा संसदीय दलमा प्रचण्ड–नेपाल समूहको बहुमत

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलमा २ सय २१ जना सांसद छन् । यीमध्ये २२१ सांसदमध्ये प्रतिनिधिसभामा १ सय ७२ जना र राष्ट्रिय सभामा ४९ जना छन् ।

शुक्रबार सम्पन्न प्रचण्ड(नेपाल समूह र शनिबार भएको प्रधानमन्त्री ओलीको समूहमा सहभागी सांसद र दुबै पक्षले सुरूदेखि नै तयार पारेका सूचीलाई हेर्दा अहिलेसम्म पनि प्रचण्ड(नेपाल समूह नै बहुमतमा देखिएको छ ।

प्रचण्ड नेपाल समूहमा प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभाका २४ जना सांसद समेत गरी १ सय ११ सांसद छन् । यो भनेको नेकपा संसदीय दलमा झिनो बहुमत हो। ओली समूह प्रतिनिधि सभाका ८३ र राष्ट्रिय सभाका २४ गरी १ सय ७ सांसदसहित संसदीय दलमा अल्पमतमा परेको छ । 

राष्ट्रिय सभाका वामदेव गौतमसहित प्रतिनिधि सभाका तुलसा थापा र लालबाबु पण्डित कुनै पनि पक्षमा लागेका छैनन् । उनीहरूले आफूहरूलाई पार्टी एकताको पक्षधर बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस