पूनस्थापित संसदको अधिवेशन आजदेखि, कसको रणनीति के ?

शीर्ष नेताको सम्बोधन विनै वैठक अगाडी बढाउने कार्यसूचि, प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, ०७ : ४१
पूनस्थापित संसदको अधिवेशन आजदेखि, कसको रणनीति के ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधीसभा विघटन गर्ने निर्णयलाई वदर गदै पूर्नस्थापनाको  फैसला अदालतले सुनाएपछि पूर्नस्थापित संसदको अधिवेशन आजबाट शुरु हुदैछ ।

सत्तारुढ दल नेकपाभित्रको विवादको निरुपण निर्वाचन आयोगले नगरिदिदा राजनीतिक अन्यौलताका वीचमा यो अधिवेशन शुरु हुन लागेको हो । अधिवेशन दिउँसो ४ बजेका लागि बोलाईएको छ ।

नेकपाको आधिकारिकता विवादमा आयोगले अलमल गरिरहदा संसदीय दलमा आफुसँग वहुमत रहेको दावी नेकपाका दुवै पक्षले गरिरहेका छन् । दलमा प्रतिनिधिसभा र राष्टिय सभाका गरी अहिले कुल २२० जना सांसद नेकपाका छन् । प्रतिनिधीसभामा सांसद सानु शिवाको निधन पछि सभामुखलाई छोडेर १७२ र राष्टिय सभामा अध्यक्ष र उपाध्यक्ष वाहेक ४८ गरी कुल २२० सांसद नेकपाका छन् ।

तर अचम्म यो छ की, नेकपाको प्रचण्ड नेपाल समुहले शुक्रवार आयोजना गरेको दलको वैठकमा कुल १११ उपस्थिती र अन्य ४ जना योगेश भटटराई, चक्रपाणि खनाल, कृष्णबहादुर महरा, मेटमणि चौधरी लगायत काम विशेषले वाहिर रहेका कारण उपस्थित हुन नसकेका जनाउँदै आफनो पक्षमा ११५ जना सांसद रहेको दावी गरिएको छ ।

ठिक त्यसै गरी ओली पक्षले पनि शनिवार वालुवाटारमा बोलाएको दलको वैठकमा आफनो पक्षमा ११५ जना सांसद सहभागी भएको जिकिर छ । प्रतिनिधीसभाका ९१ र राष्ट्रिय सभाका २४ जना शनिवार वालुवाटारको वैठकमा सहभागी भएको ओली पक्षले दावी गरेको छ ।

तर नाम सञ्चारमाध्यमलाई कसैले खुलाएका छैनन । ओली पक्षले आफनो पक्षमा ११५ जना रहेको दावी गरेपनि त्यसको भरपर्दाे प्रमाण छैन । किनकी ओली पक्षका सांसदहरु शनिवार मात्रै पनि दाडका समानुपातिक सांसद विष्णु शर्माले ओली क्याम्प छोडेर प्रचण्ड नेपाल पक्षमा पुगेर हस्ताक्षर गरेका छन् ।

त्यसकाकारण पनि ओली पक्षमा वहुमत देखिदैन । ओली पक्षले माया ज्ञवाली, विष्णु शर्मा , गोपाल वम, वामदेव गौतम र गौतम पत्नी तुल्सी थापा पनि आफुहरु तिर हुने बताएर प्रचार गरिरहेको थियो । तर यसमध्ये गौतम दम्पती नखुलेपनि अन्य नेताहरु ज्ञवाली, शर्मा र वम प्रचण्ड नेपाल समुहतिर लागेका छन् । यसले पनि प्रचण्ड नेपाल समुह नै वहुमतमा देखिएको छ , अहिलेसम्मको आकडा हेर्दा ।

तर ओली पक्षले आफुसँग  पनि वहुमत रहेको जिकिर गर्न छोडेको छैन । यदि ओली पक्षमा वहुमत थियो भने उसले सदलको वैठक संसद भवन वानेश्वरको ल्होसे हलमा राखेको थियो, पहिले । त्यसलाई हतारमा प्रधानमन्त्री निवासमा सारेर पत्रकारहरुलाई वालुवाटारभित्रै छिर्न नदिई छोटो वैठक गरेको थियो । त्यहाका कुनै पनि तस्विर सार्वजनिक गरिएको छैन । यसले पनि देखाउँछ ओली पक्ष झन कमजोर बन्दै जान थालेको छ ।

आफुसँग  वहुमत रहेको भए ओली पक्षले यसलाई  सार्वजनिक गरिसक्थ्यो, उनीहरुको त्यो चरित्रले पनि देखाउँछ, तर नभएकै कारण वैठकको फोटोसम्म पनि देखाउने हिम्मत गरिरहेका छैनन, प्रचण्ड नेपाल खेमाका एक सांसदले सफलखबरलाई भने ।  गौतम वुढावुढी वाहेक लालवावु पण्डित पनि कतै खुलिसकेका छैनन ।

कसको रणनीति के ?
प्रधानमन्त्री केपी ओली आज देखि शुरु हुने संसद अधिवेशनलाई लामो समय चल्न दिने पक्षमा छैनन । सकभर कार्यसूचि नै नदिई आज भोलिमै संसद अधिवेशन अन्त्य गरेर आफनो सत्ता संकट टार्ने अभियानमा ओली पक्ष देखिएको छ । उसले अविश्वास प्रस्ताव आए सामना गर्ने, तर विश्वासको मत नलिने, अधिवेशनलाई विजनेस नदिने र आज भोलि मै टुग्याउने रणनीति अख्तियार गर्न खोजेको छ ।

प्रचण्ड नेपाल पक्षले भने प्रधानमन्त्रीलाई अधिवेशन अगाडी नै दवाव बढाएर राजीनामा गराउन वाध्य पार्ने, नभए सकभर आफनो नेतृत्वमा काग्रेस, जसपासम्मलाई लिएर ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने अवस्था बनाउने, नभए कांग्रेसले अविश्वास प्रस्ताव ल्याए त्यसमा सहयोग गर्ने र त्यो पनि नभए आफ्नै प्षबाट भने पनि अविश्वास प्रस्ताव दर्ता गराएर ओलीलाई सत्ताच्यूत गर्ने रणनीतिमा छ्न ।

कांग्रेस भने अहिले नेकापको विवादलाई हेरेर बसेको छ । निर्वाचन आयोगले कानुनी रुपमा विभाजनको निर्णय नदिएका कारण कसरी नेकपालाई फटाउन सकन्छि भन्ने  नै उसको पहिलो दाउ छ । त्यसका लागि उसले आफुले आगो बनेर जुधिरहेका नेकपाका दुई पक्ष मध्ये कसलाई साथ दिदा नेकपा विभाजन हुन्छ भनेर च्याखे दाउ खोजिरहेको छ ।

 त्यसो हुदा उसले ओलीलाई हटाएर सकभर आफनो नेतृत्वमा सरकार बनाउन चाहेको छ । उसले कुन पक्षलाई साथ लिदा आफुलाई फाइदा हुन्छ त्यसैको जोखाना अझै हेरेर अनिर्णित बनिरहेको छ । यद्यपी उसले प्रचण्ड नेपाल समुहले दरिलो साथ दिएर प्रधानमन्त्री दिए अविश्वास प्रस्ताव दर्ता गराउने सम्भावना पनि छ । तर अझै खुलिसकेको छैन । संसदमै ३४ सिटमा रहेको जनता समाजवादी पार्टीले पनि नेकपा विभाजन को अवस्था के हुन्छ भनेर नै हेरिरहेको छ ।

यस अर्थमा आजको संसद वैठक रोचक हुने देखिन्छ । अघिपछिका संसद अधिवेशन शुरु हुदा राष्ट्रपति कार्यालयवाट आएको वक्तब्य पढेर सुनाएपछि शीर्ष नेताहरुले संसदमा सम्वोधन गर्ने कार्यसूचि हुने थियो । तर हिजो साझ सार्वजनिक भएको कार्यसूचिमा शीर्ष नेताहरुको सम्वोधन उल्लेख छैन ।

सिधै राष्टपतिको पत्र पढेर सुनाएपछि सम्भावित केही सामान्य कार्यसूचि पछि संसद यस वीचमा निधन भएका पूर्व र वाहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर आजका लागि टुगिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस