काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुदानको दुरुपयोग धेरै हुने भएकाले सहाकारीमार्फत अनुदानको व्यवस्था गर्नुपर्ने बताएका छन् । किसान सूचीकरण राष्ट्रिय अभियानलाई शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले एक वर्ष कोरोनाका कारण देशको विकासमा असर पुगेपनि कृषिमा त्यति असर नगरेको बताए ।
उनले कृषिको हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले प्रयास गरिरहेको बताएका छन् । किसान सूचीकरण आत्मनिर्भरका लागि पहिलो खुड्किला रहेको बताउँदै उनले नेपाल अल्पविकसित देशबाट विकसित देशको रुपमा अगाडि बढेको समेत बताए ।
यो सूचीकरणले किसानको अवस्थाको बारेमा स्पष्ट पार्ने उनले बताए । किसान पहिचान भइसकेपछि उनीहरुलाई केके चाहिन्छ त्यो सबै सरकारले पुरा गर्ने बताउदै उनले किसानलाई प्रविधिसँग जोड्नु पर्ने कुरामा जोड दिए । प्रत्येक पालिकामा किसानको लागि तालिमको व्यवस्था गर्नु पर्ने भन्दै उनले त्यसबाट पनि पुगेन भने घुम्ती तालिमको व्यवस्था गर्नु पर्ने बताए ।
उनले भने, ‘किसानलाई ठूलो स्केलमा उत्पादन गर्न प्रोत्साहन गर्नु पर्छ ।’ अनुदानको दुरुपयोग धेरै हुने भएकाले सहाकारीमार्फत अनुदानको व्यवस्था गर्नुपर्ने बताउँदै उनले किसानले फिर्ता गर्नु पर्ने गरि अनुदान दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ फागुन २०७७, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
शिष्टाचार केपी ओलीको आँखाबाट : जहाँ कुर्सीले बोल्छ, व्यवहारले व्याख्या गर्छ
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री ओली