तालबाराही मन्दिरमा भक्तजनले क्यू आर कोडमार्फत दान गर्न सक्ने

प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड हस्तान्तर

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, १४ : १३
तालबाराही मन्दिरमा भक्तजनले क्यू आर कोडमार्फत दान गर्न सक्ने

कास्की । प्रभु बैंकले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरेको छ । 

 फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन् । 

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस