कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, ०७ : ५४
कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

काठमाडौँ । मस्तिष्कघात भएर अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ । गत शुक्रबार नर्भिक इन्टरनेसनल हस्पिटल भर्ना भएका उनलाई भेन्टिलेटरबाट हटाइएको स्नायु शल्य चिकित्सक डा. राजीव झाले बताए ।

‘यो भनेको अनपेक्षित सुधार हो,’ डा. झाले भने, ‘सोमबार बिहानदेखि नै उहाँलाई भेन्टिलेटरको माध्यमले सास फेराउने क्रम घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रूपमा भेन्टिलेटरबाट निकालिएको हो ।’

मस्तिष्कघातका कारण जोशीको बायाँ भागमा पक्षाघातको आशंका गरिएको थियो । तर बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा सामान्य चलाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस