एनआईसी एशियाले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

शनिबार, १० चैत्र २०७४, १८ : १७
एनआईसी एशियाले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

निक्षेप संकलन, कर्जा बिस्तारका साथै शाखा बिस्तारमा आक्रामक देखिएको एनआईसी एशिया बैंकले ग्राहकलाई नौलो सुबिधा दिने गरी “प्रिमियम समुन्नति बचत खाता” संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याईएको जनाएको छ ।

बार्षिक ८ प्रतिशत ब्याज प्राप्त हुने यस खातामा देशभरिका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने, निशुल्क भिसा डेविट कार्ड । क्रेडिट कार्ड,मोबाइल बैंकिड. सेवा÷डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०∞ छुट जस्ता सुबिधा छन् ।

मासिक औसत १० लाख रुपैयाँ भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर होम बैंकिड. सेवा सेवा प्रदान गरिने सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जनाएका छन् । खाता खोली मोबाइल बैंकिड. सेवा लिए पछि नेपाल टेलिकम वा एनसेलको एकसय रुपैयाँ बराबरको रिचार्ज सुबिधासमेत निशुल्क प्रदानगरिने छ ।

एक हजार रुपैयाँ न्यूनतम मौन्दातमा खाता खोल्न सकिने सकिने यस खाताधारक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बीमा सुविधा, गुड फर पेमेन्ट र बचत मौज्दात प्रमाण पत्र निशुल्क रुपमा प्रदान गरिने बैंकले जनाएको छ । यो योजना सिमित अवधिका लागि मात्र संचालनमा रहेको बैंकको भनाई छ ।

एनआईसी एशिया १० लाख भन्दा बढी निक्षेपकर्तासहित सबैभन्दा धेरै शाखा संजाल रहेको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक बनेको छ । उसले १८४ शाखा, १८७ एटिएम,४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र ५,००० भन्दा बढी रेमिट्यान्स भुक्तानी संयन्त्र सहित ५,३७८ भन्दा बढी भौतिक सञ्जालमार्पmत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार एक खर्ब ४८ अर्ब भन्दा वढी, कुल निक्षेप एक खर्ब २४ अर्ब भन्दा बढी र कर्जा करिब एक खर्ब चार अर्ब बढी पुगेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस