नेकपा संसदीय दलको नेता चुनिए प्रचण्ड, ओली पक्षका सांसदलाई आफ्नो समूहमा आउन प्रचण्डको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, १६ : ३२
नेकपा संसदीय दलको नेता चुनिए प्रचण्ड, ओली पक्षका सांसदलाई आफ्नो समूहमा आउन प्रचण्डको आग्रह

file photo

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको शुक्रबार सम्पन्न संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चुनेको छ ।

संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष  ‘प्रचण्ड’ले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन् ।

बैठकमा प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे । 

नेकपाको प्रतिनिधिसभामा १७२ र  राष्ट्रियसभामा ४९ जना सांसद छन् । संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर गरेको सांसद सोमप्रसाद पाण्डेले बताएका छन् । अन्य केही सांसदको हस्ताक्षर गर्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस