कोरोना अपडेट : शुक्रबार थपिए १ सय २०  कोरोना संक्रमित, ८३ जना भए डिस्चार्ज

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, १५ : ४३
कोरोना अपडेट : शुक्रबार थपिए १ सय २०  कोरोना संक्रमित, ८३ जना भए डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ३२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ७ सय ६६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १० रहेको छ ।