काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको हो । स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।
तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?