मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, ०८ : ४२
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौँ । वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । 

१५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिएका छन्।  १५ वर्षको उमेरमा पे्रम प्रस्ताव अस्वीकार गरेपछि उनी माथि तेजाव प्रहार भएको थियो ।

तेजाव प्रहार भएसँगै लामो समयको उपचार पछि उनी निको भएकी थिईन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।

तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस