ओलीले राजीनामा नदिएको भन्दै प्रचण्ड–नेपाल समूहद्वारा निन्दा

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १५ : ४२
ओलीले राजीनामा नदिएको भन्दै प्रचण्ड–नेपाल समूहद्वारा निन्दा

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले ओलीको पुनः राजीनामा माग गर्दै सर्वोच्च अदालतको फैसलालगत्तै ओलीले राजीनामा दिनुपर्नेमा अटेर गरिरहेकाले बैठकले निन्दा गरेको नेता भीम रावलले जानकारी दिए । 

बैठकले ओलीको कदम असंवैधानिक भएको ठहर भइसकेकाले मुल पार्टी आफूहरु नै रहेकाले सबैलाई पार्टीको काममा सक्रिय हुन पनि आग्रको छ ।नेकपा प्रचण्ड–नेपाल समूहले आधिकारिकता दिनका लागि निर्वाचन आयोगलाई दवाव दिने भएको छ ।

आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि लामो समयसम्म निर्णय नगरिएको भन्दै सो समूहले आयोगलाई पुनः पत्राचार गर्नुका साथै आवश्यक सबै शक्ति लगाएर आयोगलाई दवाव दिने निर्णय गरेको हो । 

बैठकपछि नेता भीम रावलले विवादलाई निरुपण गर्न आफूहरुले आयोगमा निवेदन दिएपनि सम्बोधन नभएकाले फेरि पत्राचारका साथै दवाव दिने निर्णय भएको जानकारी दिए । आफूहरुको पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको र सबै प्रक्रिया पुरा गरेकाले आयोगले आधिकारिकता दिन ढिला गर्न नहुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस