आगलागीको क्षति विवरण सङ्कलन शुरु

रासस

बुधबार, १९ फागुन २०७७, १३ : ५०
आगलागीको क्षति विवरण सङ्कलन शुरु

ताप्लेजुङ । आगलागीको क्षति विवरण सङ्कलन शुरु भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्नका लागि गाउँपालिकाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरेको गाउँपालिका—३ का वडाध्यक्ष गरेणशप्रसाद भण्डारीले बताए ।

उनले भने , “गाउँपालिकाले विवरण सङ्कलन गर्न समितिलाई जिम्मा दिएका छौँ । कहिले सम्ममा क्षतिको विवरण सर्वजानिक गर्नहुन्छ ।” विवरण सर्वजनिक नभएसम्म आगलागी भएको बजारमा अनावश्यक प्रवेश निषेध गरिएको भण्डारीले जानकारी दिए । 

११ बजेबाट विवरण सङ्कलन कार्य भइरहेको विवरण सङ्कलन समिति संयोजक तथा मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।उनले भने , “हामी क्षति विवरण सङ्कलन समिति सङ्कलनमा लागिपरेका छौँ ।

बेलुकीको ५ बजेसम्ममा सम्पूर्ण क्षतिको विवरण सर्वजनिक गर्छौं”, आगलागी विस्थापित परिवारलाई मेरिङदेन गाउँपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद राहत मङ्गलबार बेलुका नै वितरण गरेको  वडाध्यक्ष गणेशप्रसाद भण्डारीले बताए । 

त्यस्तै नेपाल रेडक्रस ताप्लेजुङ र उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले खाद्यान तथा कपडा वितरण गरेको भण्डारीले जानकारी दिए । विस्थापित परिवार नजीकको छिमेकीमा बस्ने व्यवस्था मिलाएर बसेको भण्डारीले जानकारी दिए ।

अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको ताप्लेजुङ प्रहरी कार्यालय प्रमुख बालरनसिंह राणाले जानकारी दिए  । आगलागीबाट ५० घर जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस