छिस्तीमा हवाई चप्पल उत्पादन

रासस

बुधबार, १९ फागुन २०७७, १२ : १९
छिस्तीमा हवाई चप्पल उत्पादन

बलेवा ।  बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न शुरु गरेका छन्  । रोजगारीको सिलसिलामा विदेशिने युवाहरुको जमात बढिरहेका बेला छिस्तीका युवा विश्कर्माले ग्रामीण क्षेत्रमै व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यले गाउँमा हवाई चप्पल उत्पादन गर्न शुरु गरेका हुन् ।

 केही समयअघि पोखराका केही सञ्चारमाध्यममा समेत काम गरेका  विश्वकर्माले अहिले भने गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले छिस्ती धुसमा चप्पल उद्योग सञ्चालनमा ल्याएको बताए ।

मानिसका लागि अति आवश्यक पर्ने चप्पल बाहिरी देश अथवा गाउँभन्दा बाहिरबाट ल्याउँदा धेरै महँगो पर्ने भएकाले आफूले गाउँमै उद्योग सञ्चालन गरेको उनको भनाइ रहेको छ । 

  पाँच लाख लगानी गरेर सञ्चालन गरिएको उद्योगमा दैनिक १०० देखि १५० जोडीसम्म चप्पल उत्पादन  बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न शुरु गरेका छन्  । 

बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न शुरु गरेका छन्  । हुदै आएको उनले जानकारी दिए । उत्पादित चप्पल बागलुङ बजारसँगै छिमेकी जिल्ला गुल्मी, पर्वतमा पनि बिक्री भइरहेको विश्वकर्माले बताए । 

 

प्रतिक्रिया दिनुहोस