दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।
देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए। गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो ।
तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो । गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ फागुन २०७७, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतद्वारा गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान
लाप्राकको एकीकृत नमूना बस्ती भूकम्प गएको ६ वर्षपछि हस्तान्तरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरो हेरोइनसहित एक जना पक्राउ
पाथीभरा नाम हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन
प्रदेश २ को नामाकरणका लागि ६ वटा प्रस्ताव सचिवालयमा दर्ता
टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु