प्रतिनिधीसभा बैठक बस्नु पूर्व सांसदहरुले लगाए कोरोना विरुद्धको खोप

सभामुख सापकोटा, नेकपा अध्यक्ष प्रचण्ड, माधव नेपालले शुरुमै खोप लगाए

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, ११ : १०
प्रतिनिधीसभा बैठक बस्नु पूर्व सांसदहरुले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्न दुई, तिन दिन बाँकी रहँदा सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । संसद सचिवालयले  बुधबार बिहान १० बजेदेखि काठमाडौंको सिभिल अस्पतालमा सांसदहरूलाई खोप लगाउने व्यवस्था मिलाएपनि सांसदहरुले आजबाट खोप लगाउन शुरु गरेका छन् । 

खोप लगाउनेहरुमा आज बिहानै सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, दाहाल(नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, सांसद पूर्णाकुमारी सुवेदीले सुरुमै खोप लगाएका छन् । त्यस क्रममा दाहालले उपयुक्त देखिएका सबैलाई खोप लगाउन अपिल गरेका थिए ।

खोप लगाउने कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि उपस्थित थिए । संघीय संसद् सचिवालयले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारसँग सहकार्य गरेर सांसद र संसद् भवनभित्र प्रवेश गर्ने कर्मचारी र मर्यादापालकलाई समेत खोपको लगाउने व्यवस्था मिलाएको छ ।
 

प्रतिक्रिया दिनुहोस