काठमाडौं । कोरोना सङ्क्रमणका कारण नेपाल भित्रने विदेशीको सङ्ख्या शून्यसम्म पुगेको अवस्थाबाट विस्तारै सुधार हुन थालेको छ । केही महिनायता हजारको सङ्ख्यामा विदेशी नेपाल आउन थालेका छन् ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि खोप प्रयोग हुन थालेको र क्वारेन्टिन प्रावधान पनि केही खुकुलो बनाइँदा नेपाल भित्रने विदेशीको सङ्ख्या बढ्न थालेको देखिन्छ।
अध्यागमन विभागका अनुसार सन् २०२१ को फेब्रुअरीमा नौ हजार १४६ जना विदेशी नेपाल आएका छन्। सन् २०२० को तुलनामा यो सङ्ख्या अत्यन्त कम हो।
गत फेब्रुअरीमा करिब ७४ हजार विदेशी नेपाल आएका थिए। पछिल्लो पटक नेपाल भित्रनेमा सबैभन्दा धेरै भारतीय नागरिक छन्। करिब पाँच हजार भारतीय उडानमार्फत नेपाल प्रवेश गरेका छन्। त्यसपछि अमेरिकाबाट एक हजार १२० जना नेपाल आएका छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १९ फागुन २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
एघार महिनामा सात लाख पर्यटक मुस्ताङ पुगे
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी