भोलिबाट दलहरुसँग परामर्श सुरु गर्ने सभामुखको तयारी

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १४ : ५८
भोलिबाट दलहरुसँग परामर्श सुरु गर्ने सभामुखको तयारी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भोलिदेखि दलहरुसँग परामर्श सुरु गर्ने भएका छन् ।

सापकोटाले सोमबारसंसद भवन बानेश्वर पुगेर २३ गते बोलाइएको संसद अधिवेशनको तयारीको अवलोकन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गरे ।

बैठकको तयारीका लागि आफूले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्न लागेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस