झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन् । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् ।
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको रु १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए । उनका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ ।
चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरुप २०६ घर निर्माणाधीन रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ फागुन २०७७, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
गैरआवासीय नेपाली संघलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
हामीले भारत-पाकिस्तानलाई संयमित हुन आग्रह गर्यौँ, नभन्दै युद्ध रोकियो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली लुम्बिनीमा
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री ओली
‘पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको छ’: प्रधानमन्त्री ओली