धरान । धरानमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थानको शाखालाई धरान उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ ।उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएको सार्वजनिक नगरिए पनि सोमबारदेखि मर्ज गरिएको बोेर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार संस्थानको सम्पत्ति, दायित्वलाई बोर्डमा हस्तान्तरण गरिएको छ ।गाभिएका विषयमा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर नगरवासीलाई जानकारी गराउने तयारी भएको निर्देशक पोखरेलले जानकारी दिए । संस्थानका कुन कुन कर्मचारी बोर्डमा रहने र कोको संस्थामै फर्कने भन्ने कर्मचारीलाई रोज्न लगाइएको बताइएको छ ।
यसअघि ४३ कर्मचारी बोर्डमा रहन इच्छुक भएका थिए । सोही अनुसार नामको सूची बोर्डमा पठाइएको थियो । पछिल्लो समय संस्थान जिम्मा लिएर बोर्डमा मर्ज नगरेको भन्दै कार्यपालिका बैठक र गएको नगरसभाको उद्घाटनको दिन चर्र्को विरोध भएपछि सभा नै स्थगित भएको थियो ।
यसपछि नगरप्रमुखलाई संस्थानको सम्पत्ति तथा दायित्व छिटो जिम्मा लिन दबाबमा परेको थियो । जनप्रतिनिधिले आठौं नगरसभा रोक्ने गरी विरोधमा उत्रिएपछि फागुन २१ गतेभित्रै संस्थान जिम्मा लिएर मर्ज गर्ने र एकद्वार प्रणालीबाट पानी खुवाउने प्रतिबद्धता उनले जनाएअनुसार मर्ज गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ फागुन २०७७, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा