काठमाडौं । कोरोना महामारी नियन्त्रणमा आउन थालेसँगै विदेशी पर्यटक आगमनमा पनि सुधार देखिएको छ । अंग्रेजी वर्षको पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा गरी १८ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ र फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये भारतीय ८ हजार ७ सय ९१, चिनियाँ २ हजार ५ सय ८५ र अमेरिकी १ हजार ९ सय ९४ जना छन् । सन् २०२० भर भने २ लाख ३० हजार पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १८ फागुन २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
एघार महिनामा सात लाख पर्यटक मुस्ताङ पुगे
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी