खोप लगाएकामा देखियो संक्रमण

पत्रपत्रिकाबाट

मंगलबार, १८ फागुन २०७७, ०७ : ५७
खोप लगाएकामा देखियो संक्रमण

काठमाडौं । कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको १६ दिनपछि पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण भएको छ। ५६ वर्षीय उनले माघ ३० गते निजामती अस्पताल काठमाडौंमा खोपको पहिलो डोज लगाएका थिए।

खोप लगाएको दुई सातापछि गत शुक्रबार पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको दवाडीले बताए। उनले भने, ‘जिउ दुख्ने, ज्वरो आउने र खोकीसमेत लागेपछि स्वास्थ्य जाँच गरेको थिएँ।’

दवाडी अहिले होम आइसोलेसनमा छन्। उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले खोप लगाएपछि संक्रमण भएकोबारे कुनै जानकारी प्राप्त नभएको बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस